Kathmandu Press

सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

‘समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भने।
सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

काठमाडौं, माघ ९ : सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

Hardik ivf

‘समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भने।

सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले जनाए।

बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गर्ने पनि निर्णय गरेको छ। 

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ। 

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्