Kathmandu Press

‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगसम्म प्रदर्शन

‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगसम्म प्रदर्शन

काठमाडौं, माघ ९ : दलितका लागि दलित अभियान, नेपालले बुधबार सडक प्रदर्शन गरेको छ। 

सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै सडक प्रदर्शन भएको हो। डेढ महिनासम्म सडकमा बसेर उठाइएको मागप्रति सरकारले कुनै वास्ता नगरेको भन्दै अभियान सडक प्रदर्शनमा उत्रिएको हो। 

अभियानले भृकुटीमण्डपदेखि निर्वाचन आयोगसम्म ¥याली निकालेको छ। 

‘दलितलाई खै’ नाम दिएर निकालिएको ¥यालीमा अभियन्ताहरुले दलितको प्रतिनिधित्व हुनेगरी निर्वाचन कानुनको माग राखेका थिए। 
 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्