Kathmandu Press

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट र कार्यक्रम रद्द 

अचानक स्वास्थ्यमा समस्या आएपछि बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको छ। 
प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट र कार्यक्रम रद्द 

काठमाडौं, माघ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। 

अचानक स्वास्थ्यमा समस्या आएपछि बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको छ। 

बालुवाटार स्रोतले जनाए अनुसार अत्यावश्यक काम बाहेक भेटघाट बन्द गरिएको छ। प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको छ । चिकित्सकले आराम गर्न सुझाएका छन्। 

विरामी परेका कारण आजका कार्यक्रममा सहभागी जनाउन असमर्थ हुने बताइएको छ। 

ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा उपस्थित भएका थिए। 

बैठकबाट फर्केपछि अकस्मात घाँटीमा समस्या आएको थियो। चिसोका कारण स्वास्थ्य समस्या देखिएको जनाइएको छ। 

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्