Kathmandu Press

‘लभ स्टेसन’मा प्रेमिल प्रदीप र जसिता

काठमाडौं, फागुन १९ : भियतनाम र बालीमा छायांकन गरिएको गीत ‘जुन तारा चाहिँदैन’ले चर्चा पाइरहेका बेला फिल्म ‘लभ स्टेसन’को पोस्टर ....

‘लभ स्टेसन’मा प्रेमिल प्रदीप र जसिता

काठमाडौं, फागुन १९ : भियतनाम र बालीमा छायांकन गरिएको गीत ‘जुन तारा चाहिँदैन’ले चर्चा पाइरहेका बेला फिल्म ‘लभ स्टेसन’को पोस्टर सार्वजनिक गरिएको छ ।

‘लिली बिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहेको ‘लभ स्टेसन’ प्रेम कथामा आधारित रहेको जनाएको छ । यसका सातवटा पोस्टर सार्वजनिक गरिएका हुन् ।

Hardik ivf

नायिका जसिता पिङमा रमाएकी देखिन्छन भने नायक प्रदीप गिटारसँगै देखिएका छन् । अन्य पोस्टरमा नायक–नायिकालाई प्रेमिल भाव देखाइएको छ । पारिवारिक प्रेमकथामा आधारित भएकाले विगतको भन्दा पृथक भूमिकामा रहेको नायक खड्काको भनाइ छ ।

गोविन्द शाहीको प्रस्तुति ‘लभ स्टेसन’को निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । यसलाई काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यो फिल्म चैत २२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, फागुन १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्