रवि रुपन्देही जिल्ला अदालतमा हाजिर, थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा
मंगलबार साँझ नै भैरहवा पुगेका रवि बुधबार कार्यालय खुलेलगत्तै अदालत हाजिर भएका हुन्।रुपन्देही, माघ ९ : बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका छन्। उनी कार्यालय खुलेलगत्तै अदालत हाजिर भएका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालयले रवि, छविलाल जोशी, जीबी राईसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
लामिछानेबाट मात्रै ४ करोड बढी विगो रकम माग गरिएको छ । यी प्रतिबादी मध्ये लामिछाने र जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक अभियोग दर्ता भएको छ।
अदालतमा उपस्थित हुन रवि मंगलबार साँझ नै भैरहवा पुगेका थिए।
रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ।
प्रकाशित मिति: ११:४० बजे, बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’बुधबार, माघ ९, २०८१
प्रधामन्त्रीले संयन्त्रले देश चलाउन खोजेको डा. कोइरालाको आरोपबुधबार, माघ ९, २०८१
प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट र कार्यक्रम रद्द बुधबार, माघ ९, २०८१