Kathmandu Press

नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उत्तम : डा. कोइराला

बुधबार गृहनगर विराटनगर पुगेका नेता कोइरालाले दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने बताए।
नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उत्तम : डा. कोइराला

मोरङ, माघ ९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताएका छन्।

बुधबार गृहनगर विराटनगर पुगेका नेता कोइरालाले दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने बताए।

यस्तै, पत्रकारहरुको प्रश्नको जवाफ दिँदै नेता कोइरालाले कांग्रेसभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारेमा छलफलसमेत नभएको उल्लेख गरे। 

‘पार्ल्यामेन्ट्री सिस्टमलाई, डेमोक्रेसीलाई मात्रै मानेर हामी हिंडिरहेका छौं, अहिलेसम्म,’ उनले भने, ‘भोलि कसरी जाने भन्ने कुरामा छलफल गछौं।’

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्