Kathmandu Press

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस

काठमाडौं, माघ ९ : गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अब प्रदेश मन्त्री परिषदको सिफारिश वमोजिम आगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने छन ।

प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए ।

एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकार छ ।

प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, माघ ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्