Kathmandu Press

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना 

जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । 
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना 
Hardik ivf

काठमाडौं, माघ ९ : हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रहेको छ भने तराई मधेसका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । 

यस्तै, आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: ०८:०३ बजे, बुधबार, माघ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्