Kathmandu Press

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ एप इनड्राइभ चालक पक्राउ परेका छन्।
महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

काठमाडौं, माघ ८ :  महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा राइड सेयरिङ एप इनड्राइभ चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराल छन्। उनलाई मंगलबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

उनीविरूद्ध एक महिलाले आफूमाथि यौन दुर्व्यहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

बराललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्