Kathmandu Press

नेपालको भन्दा भारतको कानून कडा छ: मन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन्।
नेपालको भन्दा भारतको कानून कडा छ: मन्त्री चौरसिया

काठमाडौं, माघ ८ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन्।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अपराधिक विषयमा भारतको कानून कडा भएको बताएका हुन् ।

Hardik ivf

उनले भने, ‘कानूनले  के भन्छ भने सयवटा दोषी छुटेपनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ । भारतीय सिमानामै मेरो घर पर्छ।

'भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ।  झ्यालढोका केही छाड्दैन्। घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ । नेपालको कानूनमा यो छैन । त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ । भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ,’ उनले भने। 

साथै उनले परियोजन लाग्ने बित्तिकै सबै मान्छे दोषी र सबै निर्दोष हुन्छन् भन्ने नहुने बताए । उनले नेपालको जुन न्याय दिने अदालत छ त्यसलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताए।

यसैगरी रास्वपाकी सांसद सोविता गौतमले हिरासतमा बसेका कैदी बन्दीहरुलाई श्रमसँग जोड्न आग्रह गरेकी छन् । उनले सरकारले छिटो भन्दा छिटो कैदी बन्दीहरुलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउन आग्रह गरेकी हुन्।

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्