Kathmandu Press

निर्वाचन आयोगमा दर्ता भयाे राजेन्द्र महतोकाे राष्ट्रिय मुक्ति पार्टी

आयोगले गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुषा रहने गरी झण्डा समेत प्रदान गरेको छ। 
निर्वाचन आयोगमा दर्ता भयाे राजेन्द्र महतोकाे राष्ट्रिय मुक्ति पार्टी

काठमाडौं, माघ ८ : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। 

मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको छ। उक्त दललाई आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ। 

आयोगले गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरेको छ। 

दलको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–१० शंखमुलमा रहने जनाइएको छ। 

39643c49-c45d-4de3-bdfe-788af8f41cdd-1737454310-1737458731.jpeg
 

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्