Kathmandu Press

सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म हुने

जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो।
सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म हुने

काठमाडौं, माघ ८ : सगरमाथ संवादको मिति घोषणा गरिएको छ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार दिउँसो  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबीच सगरमाथा संवादको मिति घोषणा गरेका हुन्। 

सो समारोहमा प्रधानमन्त्री ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना हुने बताए। 

जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो।

जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आयोजना आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय नियोग र संघसंस्थालाई आग्रह गरे।

यसअघि २०७६ सालमै आयोजना हुने तय भएको कार्यक्रममा कोरोना महामारीका कारण स्थगित भएको थियो।

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्