Kathmandu Press

एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गराउन कांग्रेस सभापति देउवाले पहल गर्ने

‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु,’ सभापति देउवाले भने।
एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गराउन कांग्रेस सभापति देउवाले पहल गर्ने
फाइल तस्बिर।

काठमाडौं, माघ ८ : नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गर्न पहल गर्ने बताएका छन्।

केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मंगलबार गैरआवासीय नेपाली संघ एक समूहका अध्यक्ष डा.बद्री केसीसँगको भेटमा देउवाले यस्तो बताएका हुन्।

‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु,’ सभापति देउवाले भने।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा.केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए।

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको अध्यक्ष डा केसीले बताए। 

उक्त अवसरमा संघका महिला उपाध्यक्ष रोजिना  प्रधान राईको समेत उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्