Kathmandu Press

सर्वोच्चले झिकायो कर फर्छ्याेट आयोगको फाइल 

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले आयोगले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजात तथा प्रतिवेदनहरू झिकाउन आदेश दिएको हो। 
सर्वोच्चले झिकायो कर फर्छ्याेट आयोगको फाइल 

काठमाडौं, माघ ८ : सर्वोच्च अदालतले कर फर्छ्याेट आयोगको सक्कल फाइल झिकाएको छ। 

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले आयोगले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजात तथा प्रतिवेदनहरू झिकाउन आदेश दिएको हो। 

विशेष अदालतबाट दोषी ठहर भएका आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालगायतले दिएको पुनरावेदन निवेदनमा कर फर्छ्याेट  आयोगको सक्कल फाइल झिकाउने आदेश भएको हो। 

आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको थियो।
 
प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्