Kathmandu Press

माओवादी र रास्वपाले मागे लेखा समिति सभापतिको राजीनामा

समितिको मंगलबार बसेको बैठकमा दुवै दलले सभापति पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिने आग्रह गरेका छन्। 
माओवादी र रास्वपाले मागे लेखा समिति सभापतिको राजीनामा

काठमाडौं, माघ ८ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन्। 

समितिको मंगलबार बसेको बैठकमा दुवै दलले सभापति पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिने आग्रह गरेका छन्। 

लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादकिा सांसद लेखनाथ दाहालले बताए। 

‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु,’ दाहालले बैठकमा भने। 

लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको आरोप लगाउँदै उनले समितिलाई सरकारको लाचार छायाँ बनाइएको बताए। 

यस्तै, बैठकमा रास्वपा सांसद  हरि ढकालले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह गरे । 

लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता रहेको उनले बताए। 
 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्