Kathmandu Press

धरानलाई खानेपानी माग्दै मेयर साम्पाङ सिंहदरबार पुगे, रित्तो गाग्री प्रहरीले खोस्यो

उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए। उनको गाग्री भने प्रहरीले खोसेको छ। 
धरानलाई खानेपानी माग्दै मेयर साम्पाङ सिंहदरबार पुगे, रित्तो गाग्री प्रहरीले खोस्यो

काठमाडौं, माघ ८ : धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्।

मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्। 

उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए। उनको गाग्री भने प्रहरीले खोसेको छ। 

Photo-(1)-(41)-1737441512.jpg

मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन्। 

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ।

Photo-(5)-(18)-1737441511.jpg
 
प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्