Kathmandu Press

राष्ट्रपतिले आह्वान गरे संसद्को हिउँदे अधिवेशन 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपतिले आह्वान गरे संसद्को हिउँदे अधिवेशन 

काठमाडौं, माघ ८ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन्।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, माघ ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्