कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरे
नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्।पोखरा, माघ ७ : नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै नेकपा एमालेले सोमबारको नगर सभा बैठक बहिष्कार गरेको थियो । एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।
करारमा कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरपालिकाभित्र लामो समयदेखि विवाद छ ।
प्रकाशित मिति: २०:०० बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेससोमबार, माघ ७, २०८१
स्ववियु निर्वाचन चैत ५ गते हुनेसोमबार, माघ ७, २०८१
कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरेसोमबार, माघ ७, २०८१
नदीनालाबाट अवैध रोडाढुंगा उत्खनन गर्नेमाथि कारबाही गर्न परमादेशसोमबार, माघ ७, २०८१