Kathmandu Press

लामिछाने लगायतको धरौटी आदेश उल्ट्याउन माग गर्दै उच्च अदालतमा निवेदन 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। 
लामिछाने लगायतको धरौटी आदेश उल्ट्याउन माग गर्दै उच्च अदालतमा निवेदन 

पोखरा माघ ७ : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। 

धरौटी रकममा छाड्ने गरी जिल्ला अदालत कास्कीबाट भएको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित उच्च सरकारी वकिलको कार्यालय, पोखराले निवेदन दर्ता गरेको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने लगायतलाई धरौटी रकममा छाड्न आदेश दिएको थियो।

अभियुक्तलाई बिगोभन्दा अत्यन्त न्यून धरौटी लिएर छोडिएको दाबी निवेदनमा गरिएको छ। 

उच्च सरकारी वकिलको कार्यालयले लामिछानेसहित सात जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न निवेदन दिएको हो। निवेदन उपर मंगलबार उच्च अदालत पोखरामा सुनुवाई हुने भएको छ।

कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख, गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशी ८८ लाख, लिला पछाईं ३७ लाख, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङबाट ५/५ लाख धरौटी रकम लिएर छाड्न आदेश दिएको थियो।

 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, माघ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्