Kathmandu Press

उपभोक्ताको ३८ लाख धरौटी लुकाएको अभियोगमा अन्सारीविरुद्ध भ्रष्टचार मुद्दा 

अपारदर्शी रुपमा भाडा लगाएर सरकारी रकम हिनामिना गरेको आरोप अन्सारीमाथि लगाइएको छ ।
उपभोक्ताको ३८ लाख धरौटी लुकाएको अभियोगमा अन्सारीविरुद्ध भ्रष्टचार मुद्दा 

काठमाडौं, माघ ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीले ३८ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

बाराको उक्त गाविस हाल जीतपुरसिमरा उपमहानगरपालिकामा पर्दछ।

गाविसको स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा ३८ लाख ३० हजार पाँच सय रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता गरिएको हो।

अपारदर्शी रुपमा भाडा लगाएर सरकारी रकम हिनामिना गरेको आरोप अन्सारीमाथि लगाइएको छ ।

व्यापारिक प्रयोजनका लागि सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको रकम खातामा जम्मा नगरेको अनुसन्धानबाट पुष्टी भएको अख्तियारको दाबी छ । 

 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, माघ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्