Kathmandu Press

संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको छ।
संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

काठमाडौं, माघ ७ : मन्त्रिपरिषदको सोमबार बसेको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको छ।

संविधानतः संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

हिँउदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा लिइन्छ।

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, माघ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्