स्वर्णलक्ष्मी ठगी प्रकरणमा छवि ५० लाख धराैटी बुझाएर रिहा
थुनछेक बहसपछि सोमबार नै उनीसँग जिल्ला अदालत काठमाडौंले ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो। लगत्तै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
काठमाडौं, माघ ७ : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटी बुझाएर रिहा भएका छन्।
थुनछेक बहसपछि सोमबार नै उनीसँग जिल्ला अदालत काठमाडौंले ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो। लगत्तै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए।
उक्त सहकारीले एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन गरेको आरोप छ।
कास्की जिल्ला अदालतमा चलेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि जोशीले कास्की जिल्ला अदालतमा ८८ लाख धरौटी बुझाएर तारेखमा छुटेका थिए।
प्रकाशित मिति: १७:२१ बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












