Kathmandu Press

मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज : गगन थापा

सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए। 
मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज : गगन थापा

काठमाडौं, माघ ७ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाएपनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्वपूर्ण बन्ने बताए। 

Hardik ivf

‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ कानूनहरु बनाए पनि यसको मूल कानून हामीले अझैसम्म बनाएका छैनौं। त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नुपर्ने थियो त्यो ठाँउमा अलिकति ग्यापहरु छन्,’ उलने भने, ‘त्यसकारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्वपूर्ण दस्तावेज बन्नसक्छ।’

महामन्त्री थापाले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए। 

‘सरकारले ल्याउने जुन कानून छ त्यो कानूनमा जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ,’ उनले भने, ‘विषय अहिले कुनामा परेको छ यसलाई केन्द्रमा ल्याउने अवसर अहिले आएको छ। यो अवसरमा काम गरौं।’ 

हाम्रो दैनिक भान्सामा पाक्ने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे पनि छलफल गर्नुपर्ने उनको भनाई छ । 
 
प्रकाशित मिति: १७:०५ बजे, सोमबार, माघ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्