Kathmandu Press

विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीको ५३औं टोली तयार

बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सि.सं. ५३ विपद् व्यवस्थापन तालिमको समापन भएको हो।
विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीको ५३औं टोली तयार

सप्तरी, माघ ७ : विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिम प्राप्त  ५३औं  टोली तयार भएको छ। 

सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमकोसमापन भएको छ। 

Hardik ivf

बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सि.सं. ५३ विपद् व्यवस्थापन तालिमको समापन भएको हो।

समापन कार्यक्रममा कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझीको उपस्थिति थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरुले भूकम्प र आगलागीको समयमा गरिने उद्धारको साथसाथै खोँचमा फसेका व्यक्तिको उद्धार, ¥याप्लिङ क्लाइम्बिङ्ग, प्राथमिक उपचारलगायत तालिममा सिकेका विषयहरुसँग सम्बन्धित कृतिम अभ्यासहरुको प्रदर्शन गरेका थिए। 

समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालमा उपलब्ध विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धार सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो।
११ हप्ता अवधिको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएको र प्रशिक्षार्थीहरुलाई प्राथमिक उपचार, भत्किएका संरचानामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना, जलोत्पन्न प्रकोप उद्धार,  विपद् पछिको उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयहरुमा प्रशिक्षण गराईएको शिक्षालयले जनाएको छ। 

समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक  सितल श्रेष्ठ पुरस्कृत भएका थिए भने सफल प्रशिक्षार्थीहरुलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई बधाई दिदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको र प्रकोप र उद्धार भन्ने वित्तिकै सशस्त्र प्रहरी बल,नेपालको नाम जनमनमा बस्दै गएको बताए।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, माघ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्