Kathmandu Press

जम्पालिङ क्याम्प स्थापनाको पचास वर्षमा 

जम्पालिङ क्याम्प स्थापनाको पचास वर्षमा 

न्यूयोर्क, माघ ७ : जम्पालिङ तिब्बतीयन शरणार्थी क्याप्प स्थापनाको पचास बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एसोसेसनको आयोजनामा अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रम सम्पन्न भएको छ। 

सन् १९५९ मा चीनले तिब्बतलाई कब्जामा लिएपछि उत्पन्न परिस्थितिमा ज्यान जोगाउन शरण खोज्दै नेपाल र भारतमा ठूलो संख्यामा तिब्बतीहरुको प्रवेश भएको थियो । यसरी शरण खोज्दै नेपाल आएका तिब्बतीलाई तत्कालिन नेपाल सरकारले तनहुँको शुक्ला गण्डकी, कास्कीको पोखरा, बागलुङको ढोरपाटन, काठमाण्डौ लगायत देशका बिभिन्न बाह्र ठाउँमा शरणार्थी क्याम्पको स्थपाना गरेर उनीहरुलाई बसोबासको व्यवस्था गरेको थियो। 

तिनै क्यापमध्ये तनहुँको जम्पालिङ क्याप स्थापनाको पचास वर्ष पुगेको हो । उक्त कार्यक्रमा नेपाल र नेपालीलाई धन्यवाद दिइएको गीत ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ को प्रोमो सार्वजनिक गरिएको थियो। उक्त गीत सोही क्यापमा जन्मेका हिसी वाङ्दीले सृजना गरेका हुन् । जम्पालिङ क्याप स्थापनाको पचास वर्ष पुगेको उपलक्षमा आयोजित उक्त कार्यक्रममा साहित्यकार मालिका केशरी र जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो। 

Hardik ivf

सम्मानित हुने साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ तिब्बती शरणार्थीको कथामा आधारित छ। उक्त अवसरमा लेखक केशरीले दुङाल उपन्यास अँग्रेजी संस्करणमा चाँडै नै प्रकाशन हुन लागेको जानकारी गराए। 

Photo-USA-2-1737364959.jpg
 

कार्यक्रममा बेल्दै नर्थ अमेरिका जाम्पालिङ एसोसेसनका अध्यक्ष टासी डोन्डुपले आफु र आफ्ना पुर्खा जीवन खोज्दै नेपाल आएको बताए। ‘त्यो अफ्ठेरो अवस्थामा नेपाल सरकार र नेपालीले जुन बाँच्ने आधार प्रदन ग¥यो त्यसलाई कहिल्यै भूल्न सकिँदैन । हामी जहाँ भएपनि हाम्रो क्याम्प र नेपाललाई सदा माया गरिरहन्छौ।’ 

साहित्यकार केशरीले पुस्तक लेखन स्मरण गर्दै दुङाल उपन्यास तयार पार्दै गर्दा दुई दशकदेखि नेपाल सरकारले शरणार्थीलाई दिने शरणार्थी परिचय पत्र रोकेको जानकारी भएको बताए । उनले यात्रा अनुमति पत्र प्रदान नगरीदिँदा वा गरिहाले पनि अत्यन्त छोटो अवधिको यात्रा अनुमति पत्र प्रदान गर्नाले क्याम्पमै खुम्चेर बस्नु परेको अवस्था पनि दर्शाए। 

‘दशकौंदेखिको जस्तो अवस्था थियो आज पनि उस्तै अवस्था रहेको सुन्दा दुःख लागेको छ,’ केशरीले भने, ‘हालका दिनमा शरणार्थी क्याम्पमा जन्मिएका बच्चाहरुको जन्म दर्तास्वरुप निस्सा प्रदान गर्दै आए पनि यो कार्य पनि रोकिएको सुन्नमा आएको छ । ति बच्चाहरु देश बिहिन त छँदै थिए, त्यसैमाथि कागजी परिचय बिहिन बनाइनु दुखद् विषय हो ।’ 

उनले आफ्नो भूमिमा जन्मेका बच्चाको बाँच्नको लागि चाहिने न्यूनतम आधार प्रदान गर्नु नेपाल सरकारको कर्तव्य रहेको पनि औंल्याए । नेपाल सरकार आफ्ने कतव्र्यबाट कुनै पनि बहानामा पन्छिन नमिल्ने भनाई समेत सर्जक केशरीको थियो। 

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, माघ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्