कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै
आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।सुर्खेत, माघ ७ : कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो।
यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।
प्रकाशित मिति: १२:४२ बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेससोमबार, माघ ७, २०८१
स्ववियु निर्वाचन चैत ५ गते हुनेसोमबार, माघ ७, २०८१
कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरेसोमबार, माघ ७, २०८१
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्युसोमबार, माघ ७, २०८१