प्रहरीले युवकलाई निर्घात कुटेको भिडियो भारइल बनेपछि...
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।-(40)-1737353870.jpg)
चितवन, माघ ७ : चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेका छन्।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्बजनिक भएको भिडियोमा देख्न सकिन्छ।
मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ।
यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन्।
प्रकाशित मिति: १२:०३ बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












