काठमाडौंको न्यूनतम तापक्रम कति छ ?
बिहान तराईका अधिकांश स्थानमा कुहिरो र हुस्सु लागेको छ । पहाडी क्षेत्रमा मौसम सफा रहेको छ । कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।काठमाडौं, माघ ७ : देशभरको मौसम आज सामान्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एक, दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सफा हुनेछ ।
बिहान तराईका अधिकांश स्थानमा कुहिरो र हुस्सु लागेको छ । पहाडी क्षेत्रमा मौसम सफा रहेको छ । कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली हुनेछ । बाँकी क्षेत्रमा मौसम सफा हुनेछ ।
काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रमम ५.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।
हाल पश्चिमी वायुको प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












