Kathmandu Press

खो–खो विश्वकपको महिलातर्फ नेपाल उपविजेतामा सिमित

नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ।
खो–खो विश्वकपको महिलातर्फ नेपाल उपविजेतामा सिमित

काठमाडौं, माघ ५ : नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ।

नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो।

महिलातर्फ नेपाल र भारत दुव‌ै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो।

महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्