Kathmandu Press

बैंक र अर्थतन्त्र डुब्दैछ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडलले यसपालीको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन् ।
बैंक र अर्थतन्त्र डुब्दैछ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री

काठमाडौं, माघ ६ : अर्थमन्त्री विष्णु पौडलले यसपालीको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरकफरक भएको बताएका हुन् ।

Hardik ivf

उनले भने, ‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु ।’

साथै उनले अर्थतन्त्रमा कुनै समस्या नभएको दाबी गरे । उनले बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको मात्र बताए ।

पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भइरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हँुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन् । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुँदैन ।’

प्रकाशित मिति: १९:२८ बजे, आइतबार, माघ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्