Kathmandu Press

धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर [तस्बिरहरू]

आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ। 
धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर [तस्बिरहरू]

काठमाडौं, माघ ६ : काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ। उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो। 

आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ। 

चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ। 

मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अधिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो।

Photo-(1)-(38)-1737291151.jpg

Photo-(8)-(9)-1737290872.jpg

Photo-(5)-(16)-1737291056.jpg

Photo-(6)-(9)-1737291055.jpg

Photo-(7)-(9)-1737290872.jpg

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्