Kathmandu Press

१४ करोड ३१ लाख ठगीमा विशेश्वर सहकारीका संचालकमाथि मुद्दा 

उक्त सहकारीका सञ्चालकविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी रकम ठगीको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। आरोपीमध्ये एक जनालाई पक्राउ गरी अभियोगपत्रसँगै अदालतमा हाजिर गराइको छ। 
१४ करोड ३१ लाख ठगीमा विशेश्वर सहकारीका संचालकमाथि मुद्दा 

काठमाडौं, माघ ६ : सहकारीबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिमा रहेको विशेश्वर बचत तथा ऋण सहकारी संस्थाका ८ सञ्चालक समिति सदस्यविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

उक्त सहकारीका सञ्चालकविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी रकम ठगीको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। आरोपीमध्ये एक जनालाई पक्राउ गरी अभियोगपत्रसँगै अदालतमा हाजिर गराइको छ। 

Hardik ivf

सात जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ। सहकारीकी सचिव रहेकी चन्द्रागिरि नगरपालिका–१० कि ४३ वर्षीया प्रभा महर्जनलाई पक्राउ गरी थुनामा राखिएको छ।

उक्त सहकारी अध्यक्ष मीना महर्जन, संस्थाका उपाध्यक्ष रामेश्वरराज घर्ती क्षेत्री, सहकारीका कोषाध्यक्ष बल्लभ महर्जन, सञ्चालक समिति सदस्य नसिब महर्जन, सञ्चालक समिति सदस्य समिप महर्जन, टंकनारायण श्रेष्ठ र सञ्चालन व्यवस्थापक रविनाथ महर्जन फरार रहेको जनाइएको छ। 

चन्द्रागिरि नगरपालि–१० मा रहेको उक्त सहकारीले ९३ जना बचतकर्ताको १४ करोड ३१ लाख ९१ हजार २३८ रुपैयाँ अपचलन गरेको अभियोगदाबी छ। 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, माघ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्