बहस नसकिएपछि छवि जोशीलाई न्यायिक हिरासतमा पठाइयो
सोमबार पुनः जोशीलाई अदालतमा उपस्थित गराइने छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा भएको सुनुवाई नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाएर हिरासतमा पठाइएको हो।
काठमाडौं, माघ ६ : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा चलाइएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई वहश नसकिएपछि प्रहरी हिरासतमा पठाइएको छ।
जोशीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई आज प्रहरी परिसरको हिरासतमा राखिने छ।
सोमबार पुनः जोशीलाई अदालतमा उपस्थित गराइने छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा भएको सुनुवाई नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाएर हिरासतमा पठाइएको हो।
जोशीविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण मुद्दामा ८८ लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटेका थिए। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ।
स्वर्णलक्ष्मी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर तारेखमा रहेका छन्।