Kathmandu Press

गाजामा युद्धविराम आजदेखि लागू, इजरायली रक्षामन्त्रीले दिए राजिनामा 

कतार, अमेरिका र इजिप्टको प्रयासमा भएको सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही ढिलो गरी कार्यान्वयनमा आएको छ।
गाजामा युद्धविराम आजदेखि लागू, इजरायली रक्षामन्त्रीले दिए राजिनामा 

काठमाडौं, पुस ६ : इजरायलसँग युद्धरत गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ।

गत १५ जनवरी २०२५ मा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो। कतार, अमेरिका र इजिप्टको प्रयासमा भएको सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही ढिलो गरी कार्यान्वयनमा आएको छ।

सम्झौता तीन चरणमा सम्पन्न गरिने भनिएको थियो । सम्झौताको पहिलो चरण आइतबारबाट सुरु भएको हो । युद्धविराम सम्झौतासँगै १५ महिना लामो युद्धको अन्त्य भएको छ। 

Hardik ivf

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाएको छ । इजरायलले पनि १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने भएको छ । उनीहरूलाई केही साताभित्र रिहाइ गरिने भएको छ । हमासले सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरेको छ। 

सम्झौता अनुसार युद्धविरामको पहिलो चरण ६ साताको हुने छ। शुरुमा हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेपद्धि युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गएको जनाइएको छ । मृत्यु भएकामध्ये १८ हजारभन्दा बढी बालबालिका छन् । युद्धका कारण एक लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार दोस्रो चरणमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बाल– बालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गरिने छ । यता, इजरायलले पनि प्यालेस्टाइनबाटसेना फिर्ता सुरु गर्ने भएको छ । इजरायलले प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिनेछ। 

यस्तै, मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा भएको छ। दोस्रो चरणमा इजरायली सेना गाजाबाट पूर्णरूपमा फिर्ता हुने सम्झौतामा उल्लेख छ। हमासले आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकलगायत थप बन्दी रिहा गर्ने भएको छ। 

युद्धविरामको तेस्रो चरण अन्तर्गत गाजाको पुनर्निर्माणसँग सम्बन्धित रहेको छ। गाजामा तीन देखि पाँच वर्षे पुनर्निर्माणको योजना कार्यान्वयन अघि बढाइने छ। इजरायलको आक्रमणबाट गाजामा रहेका ६० प्रतिशत संरचना ध्वस्त भएको जनाइएको छ। 

२३ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । यसैविच गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका रक्षामन्त्री इटामार बेन–ग्विरले राजीनामा दिएका छन्।

ग्विरसँगै वासरलाउफ र अमिचाई एलियाहुले पनि राजीनामा बुझाएको बीबीसीले जनाएको छ । ग्विरलाई युद्धविराम सम्झौताका कट्टरविरोधी थिए। उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिँदै आएका थिए। राजीनमा पेस गर्दै ग्विरले युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिए। 

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, माघ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्