वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणविरुद्ध कानुनव्यवसायीको प्रदर्शन
आक्रमणको विरोधमान सर्वोच्च बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले आइतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।काठमाडौं, पुस ६ : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतमा भएको भौतिक आक्रमणको विरोधमा सर्वोच्च अदालत बार एसोसिएसनले आइतबार प्रदर्शन गरेको छ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि थुनछेकसम्वन्धी सुनुवाई चलिरहेका बेला बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि हातपात गरिएको थियो। गत माघ २ गते उक्त आक्रमण भएको थियो
आक्रमणको विरोधमान सर्वोच्च बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले आइतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। विरोधका क्रममा कानुनव्यवसायीले कानुन व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।
पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको बताए। उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए।
‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ। आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ। वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ । यसको सत्यतथ्य छानविन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ।’
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू, सर्वोच्च बारका पूर्वअध्यक्ष, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी विरोधमा उत्रिएका हुन्।