Kathmandu Press

निर्वाचन ऐनको ढिलाईप्रति प्रमुख आयुक्त थपलियाको असन्तुष्टि

‘ऐन गृहमन्त्रालयबाट मन्त्रिपरिषद् पुग्न २२ महिना लाग्छ भने बानेश्वर आइपुग्न कति दिन लाग्ला? कि छिमेकतिरै संसद् भवन सरेपछि सजिलो होला कि? त्यहाँबाट देशभरी पुग्नका लागि कति वर्ष लाग्ला?,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने। 
निर्वाचन ऐनको ढिलाईप्रति प्रमुख आयुक्त थपलियाको असन्तुष्टि
फाइल तस्बिर।

काठमाडौं, माघ ६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन ऐनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। 

डेढ वर्षअघि सबै दलको सहमतिमा निर्वाचन ऐन ल्याउन निर्णय गरेर पठाइएको थियो। निर्वाचन कानुन सुधारका सन्दर्भमा आयोजित एक कार्यक्रममा थपलियाले असन्तुष्टी पोखेका हुन्। 

‘ऐन गृहमन्त्रालयबाट मन्त्रिपरिषद् पुग्न २२ महिना लाग्छ भने बानेश्वर आइपुग्न कति दिन लाग्ला? कि छिमेकतिरै संसद् भवन सरेपछि सजिलो होला कि? त्यहाँबाट देशभरी पुग्नका लागि कति वर्ष लाग्ला?,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने। 

थपलियाले प्रवृत्ति नफेरिएसम्म निर्वाचन प्रणाली जतिपटक फेरे पनि स्थिरता आउन नसक्ने दाबी पनि गरे । उनले ऐनको मस्यौदा कानुन मन्त्रालयसम्म पुगेको बताउँदै एक दुई दफामा स्पष्टता कायम गर्न आयोगले चिठी लेखिसकेको जानकारी पनि दिए। 

थपलियाले भने, ‘नयाँ ऐन आएपछि हाल देखिएका समस्याको ८० प्रतिशत सुधार हुनेछ।’ 

यस्तै थपलियाले निर्वाचन प्रक्रियामा अहिले देखिएको जटिलतामध्ये मतदाता नामावली दर्ताको विषय मुख्य रहेको भन्दै यो कार्य अब गाउँपालिका÷नगरपालिकाबाट गर्नेगरी नयाँ ऐनमा प्रस्ताव गरिएको जानकारी पनि दिए। 

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्