व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जाने बढे
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारी जानेको संख्या ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको छ।
काठमाडौं, माघ ६ : वैदेशिक रोजगारीमा व्यक्तिगत माध्यमबाट जानेको संख्या बढेको छ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारी जानेको संख्या ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको छ।
यता, संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ। पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ।
विभागका अनुसार पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो।
प्रकाशित मिति: १५:०५ बजे, आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(32)-1764944804.jpeg)