स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका छन्।-(37)-1737277557.jpg)
काठमाडौं, माघ ६ : प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन्।
सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताएका हुन्।
उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघुुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए।
हाल यस कार्यक्रमअन्तर्गत करिब रु ११ अर्ब भुुक्तानी गर्न बाँकीे छ। यस कार्यक्रममा हाल कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आवद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुुनी रहेका सबै नागरिकको स्वास्थ्यसेवा निःशुुःल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुुझाव दिएको छ।
कार्यदलले आधारभूूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषहरुक कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकराण् गर्न सुुझाएको छ। सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुुझाएको थियो।












