Kathmandu Press

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित थप २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुर अन्तर्गत लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोगपत्र दायर भएको छ। 
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित थप २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

रुपन्देही, माघ ६ : बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित थप २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो। मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुर अन्तर्गत लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोगपत्र दायर भएको छ। 

संगठित रुपमा सहकारीका वचतकर्ताको ठगी भएको दाबी अभियोगपत्रमा गरिएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा यी सहित ४२ जना प्रतिवादी पुगेका छन्। यसअघि लामिछाने गृहमन्त्री रहेकै बेला पनि अदालतमा अर्को दर्ता भएको थियो। 

अहिले लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। प्रहरीले २ करोड रुपैयाँ लामिछानेको नाममा गएको भौचर समेत अदालत समक्ष बुझाएको छ। 

सुप्रिम ठगी प्रकरणमा यसअघि १ हजार आठ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रूपैयाँ अपचलन गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्