Kathmandu Press

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

दुर्घटनामा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

हुम्ला, माघ ६ : हुम्लाको चंखेली गाउँपालिका–१ को होहराबाडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

नुन बोकेर लोतीबाट होहराबाडा जाँदै गरेको ट्याक्टर बिहान १० बजे दुर्घटनामा परेको बताइएको छ। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्