Kathmandu Press

छविलाल जोशी काठमाडौं जिल्ला अदालत उपस्थित

जोशी आइतबार कार्यलय खुल्ने वित्तिकै अदालतमा उपस्थित भएका हुन्। उनको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा परेको छ। 
छविलाल जोशी काठमाडौं जिल्ला अदालत उपस्थित

काठमाडौं, माघ ६ : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकणमा मुछिएका गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक चथा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

जोशी आइतबार कार्यलय खुल्ने वित्तिकै अदालतमा उपस्थित भएका हुन्। उनको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा परेको छ। 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छवि र रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ। यो मुद्दामा रवि ६० लाख धरौटीमा रिहा भइसकेका छन्। 

यसअघि उनी कास्की जिल्ला अदालतबाट ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए। कास्की र काठमाडौंसँग जोशीविरुद्ध चितवन, वीरगञ्ज र रुपन्देहीमा उजुरी परेको छ। 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, माघ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्