Kathmandu Press

उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्बाहीका लागि सरकारसँग माग गरेको हो। 
उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, माघ ६ : नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। 

आइतबार विज्ञप्ती सार्वजनिक निकालेर कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्बाहीका लागि सरकारसँग माग गरेको हो। 

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा थापामाथि कन्काई नगरपालिकाको सुरुङ्गा नजिक आक्रमण भएको थियो। उनकाे  निधारमा चाेट लागेकाे छ।

‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो। उहाँको निधारमा चोट लागेको छ। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ,’ विज्ञप्तीमा भनिएकाे छ।

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, माघ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्