कस्तो छ, आजको मौसम ?
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ ।काठमाडौं, माघ ६ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको सबैमा अनुरोध छ।
प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हो’आइतबार, माघ ६, २०८१
हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्युआइतबार, माघ ६, २०८१
छविलाल जोशी काठमाडौं जिल्ला अदालत उपस्थितआइतबार, माघ ६, २०८१
उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको मागआइतबार, माघ ६, २०८१