Kathmandu Press

बलिदानी दिवस : मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीसकुमार सिंहले प्रदेशका आठवटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन्।
बलिदानी दिवस : मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा

धनुषा, माघ ५ : मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ। सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ। 

Hardik ivf

मधेश ओन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झना र सम्मानमा यो दिवस मधेश प्रदेश सरकारलगायत मधेशवादी दल र नेताहरुले मनाउँदै आएका छन्।

कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठवटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाईते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाईते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाईते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्री सिंहले आज शनिबार भएका कारणले रकम हस्तान्तरण गर्न ढिलाई भएको र भोलि बैंक खुलेपछि बैंक खातामै रकम जानेगरी व्यवस्था मिलाउने जानकारी दिए।

त्यस्तै उनले सहिद परिवारका सदस्यहरुका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृति लगायतका सुविधा यसै वर्षदेखि सुरु गर्न लागेका बताए।

मुख्यमन्त्री सिंहले सहिद परिवारका सदस्यहरुको व्यवस्थापनका लागि रोड म्याप तयार गरेर रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सेवा सुविधा दिने प्रतिबद्धता जाहेर गरे।

प्रकाशित मिति: १९:४४ बजे, शनिबार, माघ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्