Kathmandu Press

‘नौलो कोशेली’को दोस्रो आउटलेट झम्सिखेलमा

‘नौलो कोशेली’को दोस्रो आउटलेट झम्सिखेलमा

काठमाडौं, माघ ५ : अनलाइन गिफ्टिङ प्लेटफर्म ‘नौलो कोशेली’को दोस्रो आउटलेट पुलचोकको झम्सिखेलमा संचालनमा आएको छ। माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो आउटलेट संचालनमा आएको हो।

आउटलेटबाट बेकरी आइटमसहित फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायत विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सकिने छ। दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ।

Hardik ivf

यसअघि नौलो कोशेलीले युएन पार्कमा पहिलो आउटलेट संचालनमा ल्याएको थियो । पछिल्लो समय नेपालमा गिफ्टिङ संस्कृति बढ्दै गएको छ। त्यसका लागि धेरैको रोजाइमा नौलो कोशेली पर्ने गरेको छ।

आउटलेट बाहेक अनलाइनबाट पनि नौलो कोशेलीबाट गिफ्टहरू अर्डर गर्न सकिने छ। फेसबुक, इन्स्टाग्राम लगायत नौलो कोशेलीको वेबसाइटबाट सजिलै आफुलाई मनपर्ने गिफ्टहरू अर्डर गर्न सकिने छ। कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्नेछ।

विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई नौलो कोशेलीमार्फत गिफ्ट पठाउन सक्नेछन्।
 

प्रकाशित मिति: १९:१३ बजे, शनिबार, माघ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्