Kathmandu Press

एन्फा महिला लिगमा बागमतीले पुलिसलाई रोक्यो

शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसलाई सर्लाहीको बागमती युथ क्लबले गोलरहित बराबरीमा रोकेको हो।
एन्फा महिला लिगमा बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं, माघ ५ : जारी एन्फा महिला लिगको सुपर लिगका विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ। शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसलाई सर्लाहीको बागमती युथ क्लबले गोलरहित बराबरीमा रोकेको हो।

खेलमा बामगतीलाई दबाबमा राखेपनि पुलिसले गोल गर्न सकेन। उसका खेलाडीहरू फिनिसिङमा चुके। खेलमा बागमतीले पनि गोलका केही उत्कृष्ट मुभहरु बनाएको थियो।

यो बराबरीले पुलिसको क्वालिफयर १ सम्भावनामा गम्भीर धक्का लागेको छ। ६ खेलमा पुलिस भने ११ अंकमा तेस्रो स्थानमा छ। अब उसले एलिमिनेटर खेल्ने सम्भावना प्रवल छ। 

यता, पुलिसलाई बराबरीमा रोकेपछि बागमतीको पनि प्लेअफ सम्भावना बलियो बनेको छ। ६ खेलमा उसको ४ अंक छ। यो पुचारका वालिङभन्दा ४ अंक नै बढी हो । 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्