समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन अध्यक्ष यादव
सिरहा, माघ ५ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्।
बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए।
अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए।
मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।
प्रकाशित मिति: १४:१९ बजे, शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौं : प्रमुख महर्जनशनिबार, माघ ५, २०८१
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन अध्यक्ष यादवशनिबार, माघ ५, २०८१
‘नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने सोचमा छन्’शनिबार, माघ ५, २०८१
नक्साल क्षेत्र पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री थापाशनिबार, माघ ५, २०८१