Kathmandu Press

ललितपुरका यी स्थानमा आज बिजुली काटिने 

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत जनाएको छ । 
ललितपुरका यी स्थानमा आज बिजुली काटिने 

काठमाडौं, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले मर्मत सम्भारलगायतका कामका लागि विद्युुत् कटौती गर्न लागेको हो । 

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत जनाएको छ । 

तोकिएको समयभन्दा अगावै निर्धारित कार्य सम्पन्न भए बिजुली प्रवाह शीघ्र हुने प्राधिकरणले जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ ।

प्रकाशित मिति: ०९:१५ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्