Kathmandu Press

हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, अन्य क्षेत्रमा मौसम सफा रहने 

हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, अन्य क्षेत्रमा मौसम सफा रहने 

काठमाडौं, माघ ५ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेकोछ। देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ।

राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

प्रकाशित मिति: ०९:०३ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्