Kathmandu Press

काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, माघ ५ : शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ। 

शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७  डिग्री सेल्सियस थियो। 

त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।

आज (शनिबार) दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। 

अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ। 

प्रकाशित मिति: ०९:०१ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्